PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डको प्रस्तावमा लेखनाथको फरक मत, 'प्रचण्डमा बढी नै आत्मकेन्द्रित व्यक्तिवाद देखियो'



पहिलोपोस्ट

प्रचण्डको प्रस्तावमा लेखनाथको फरक मत, 'प्रचण्डमा बढी नै आत्मकेन्द्रित व्यक्तिवाद देखियो'

काठमाडौंं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिदेवनमा १० बुँदे फरक मत राखेका छन्।

उनले माओवादीका नेताहरु व्यक्तिवाद पछाडि लाग्दा प्रचण्डमा भने बढी आत्मकेन्द्रीत व्यक्तिवाद देखिएको टिप्पणी गरेका छन्।

'आफू स्वयम् उपस्थित भएको ठाँउमा आफ्नो तस्विर कसले राख्न लगायो? कमरेड अध्यक्ष त्यो ठाउँमा दिलबहादुर रम्तेल सुरेश वाग्ले वा अरू कोही शहीदको तस्‍विर राखेको भए हाम्रो संस्कृति पनि सुसंगत हुन्थ्यो होला' न्यौपानेले फरक मत राख्दै उल्लेख गरेका छन्।

यस्तै, प्रचण्डको दस्तावेजले उडान भरेको भएपनि खुट्टा नटेकेको टिप्पणी गरेका छन्। 'दक्षिणपन्थी संशोधनवादी दिशा बोकेको छ। कसरी कम्युनिस्ट पार्टीको महाधिवेशनको दस्तावेज हुन सक्छ ?' उनले प्रश्न गरेका छन्।

 

न्यौपानेले बुर्जुवा सरकारमा गएर समाजवादको आधार तयार नहुने भन्दै त्यसलाई मार्क्सवाद विरोधीको संज्ञा दिए।

यस्तै उनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रति स्पष्ट विचार बनाउनुपर्ने माग राखेका छन्। भने,' विचार स्पष्ट नहुँदा समाजवादी आन्दोलन नेतृत्व गर्ने हाम्रो धरातल बन्दैन।'

उनले पटक पटक सरकारमा गएका नेता र तिनका पिएको सम्पत्ति सार्वजनिक गर्न माग समेत राखेका छन्।

अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष र माओवादी केन्द्रीय कमिटीका सदस्य रहेका न्यौपानेले आफूले फरक प्रस्ताव पेश नगरेको बताए। दस्तावेजमा भएका कतिपय कुराहरु चित्त नबुझेर आफूले फरक मत राखेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell