PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दृश्यमा पोखरामा तमु ल्होसारको रौनक

दृश्यमा पोखरामा तमु ल्होसारको रौनक

प्रवीण रानाभाट/पहिलोपोस्ट


पोखरा : पोखराका गुरुङ समुदायले आज सांस्कृतिक झाँकी निकाल्दै पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाएका छन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। 

यसै अवसरमा पोखराको गुरुङ पेलु संघमा विभिन्न कार्यक्रम गरी 'बाघ वर्ग' लाई स्वागत गरिएको छ। परम्परागत भेषभूषामा गुरुङ युवायुवीहरु ल्होसार मनाउन पुगेका थिए।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell