PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

माओवादी केन्द्रको महाधिवेशन : दस्तावेजमाथि समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने



पहिलोपोस्ट

माओवादी केन्द्रको महाधिवेशन : दस्तावेजमाथि समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने
बन्दसत्रपछि सुझाव टिपोट बुझ्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को ८ औं महाधिवेशन अन्तर्गत बन्दसत्रमा पेश दस्तावेजमाथि छलफल सकिएको छ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको दस्तावेज, नेता देव गुरुङले पेश गरेको पार्टीको विधान प्रस्ताव र नेता राम कार्कीले पेश गरेको पुरक मतमाथि टोली नेताहरुले धारणा राख्ने क्रम सकिएको छ।

छलफलका लागि बन्दसत्रले २४ टोली बनाएको थियो। आज बन्दसत्रमा १४ टोलीका नेताहरुले आफ्नो टोलीको निष्कर्ष पेश गरेका हुन्। हिजो ११ टोलीले आफ्नो धारणा राखेका थिए।

बन्दसत्र भोलि १ बजेदेखि बस्ने छ। भोलिको बन्दसत्रमा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पारित गर्ने छ। त्यसपछि अध्यक्ष प्रचण्डले दस्तावेजमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

यसैबीच बन्दसत्र सकिएसँगै माओवादी केन्द्रको स्थायी कमिटीको बैठक महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा नै सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell