PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

नेतृत्व चयनका लागि माओवादीको स्थायी कमिटीमा छलफल



पहिलोपोस्ट

नेतृत्व चयनका लागि माओवादीको स्थायी कमिटीमा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ।

राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटीको बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिनुअघि प्रचण्डले नेताहरुसँग छलफल थालेका हुन्।

बन्दसत्रमा २५ समूह बनाएर छलफल भएको थियो। आज प्रचण्डले जवाफ दिने कार्यतालिका छ।

स्थायी कमिटीको बैठकमा नेतृत्व चयनबारे छलफल हुने नेताहरुले बताएका छन्। हालसम्म माओवादीमा पदाधिकारी को हुने भन्नेबारेमा सहमति भएको छैन। सहमति हुन नसके निर्वाचन हुने माओवादी नेताहरुको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell