PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पुसको चिसोमा धुम्बिएको शहर, न्यानोको खोजीमा देखिएका दृश्य

पुसको चिसोमा धुम्बिएको शहर, न्यानोको खोजीमा देखिएका दृश्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : लगातारको पानी र नखुलेको आकाश। काठमाडौं उपत्यकालाई चिस्याउन अरु कारण किन चाहिँयो र? वरपरका डाँडातिर हिउँको च्यादरले ढाकिएपछि चिसो स्याँठ लाग्ने नै भयो। आज थोरै नै सही, घामले बेलाबेलामा राप दिइरहेको छ। तर, बिहानी भने कठ्याङ्ग्रिदो नै रह्यो।

चिसो सिरेटो र हुस्सुले ढाकिएका बाटाहरु। काठमाडौं उपत्यकाका तीनै जिल्ला मा मुटु कमाउने चिसो। बाक्ला लुगा र हात सेकाउन बालिएका दाउरा। दैनिकी धान्न गुजारा गर्नेहरुको कर्मठ हात - चिसो जतिसुकै होवस् - रोकिएनन् मानिसका गतिविधि। चिसोलाई चिर्नुको विकल्प छैन - घामलाई होस् या मानिसलाई नै किन नहोस्। यी दृश्यले तिनै अवस्थालाई चित्रण गरिरहेको छ -    



ट्रेन्डिङ पोस्ट

Ncell