PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सेनापति घर बिदामा बस्दै, कायम मुकायम सेनापतिको जिम्मेवारी बलाधिकृत रथी कार्कीलाई



पहिलोपोस्ट

सेनापति घर बिदामा बस्दै, कायम मुकायम सेनापतिको जिम्मेवारी बलाधिकृत रथी कार्कीलाई

काठमाडौं : नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा घर बिदामा बस्ने भएका छन्। अवकाशपूर्व प्रधान सेनापति घर बिदामा बस्ने प्रचलन छ।

पुस १८ गतेदेखि ३० गतेसम्म घर बिदामा बस्न मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

त्यस्तै, कायम मुकायम सेनापतिको जिम्मेवारी बलाधिकृत रथी बालकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। राष्ट्रपतिबाट स्वीकृत भएपछि सेनापति शर्माको बिदा स्वीकृत हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell