PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

अमेरिकाको कोलोराडो राज्यको जंगलमा लागेको आगोले गरायो उठिबास, दशौं हजार विस्थापित



पहिलोपोस्ट

अमेरिकाको कोलोराडो राज्यको जंगलमा लागेको आगोले गरायो उठिबास, दशौं हजार विस्थापित
GETTY IMAGES

अमेरिकाको कोलोराडो राज्यको बोल्डर काउन्टी नजिकको जंगलमा लागेको आगलागीका कारण दशौं हजार मानिस बिस्थापित भएका छन्। आगलागीमा परेर सयौं घर नष्ट भएको बीबीसीले जनाएको छ।

मानव बस्तीमा तीब्र गतिमा फैलिएको आगोका कारण उत्तरी डेनभरको बोल्डर काउन्टी जोखिममा परेको हो। दुई शहर लुइसभिल र सुपेरियरका करिब ३० हजार मानिसलाई घर छाड्न भनिएको छ। आगोकै कारण संकटकालको घोषणा गरिएको छ।

चर्को हाबाहुरीका कारण आगो तीब्र गतिमा फैलिरहेको छ। गभर्नर जेरार्ड पोलिसले प्रकृतिक कारणले नै आगो फैलिएको बताएका छन्।
'यस आगलागीमा स्रोतबारे प्रश्न होइन,' गभर्नर पोलिसले भनेका छन्, 'यो प्रकृतिको दबाब हो।'

उनले हावाको गति मत्थर हुने आशा व्यक्त गरे जसले मौसम परिवर्तन गराओस्। उक्त स्थानमा १ सय ६९ किलोमिटर रफ्तारमा हावा चलेको छ जसले आगोका लाप्काहरुलाई फैलाउन योगदान मिलिरहेको छ। 

पहिले यस क्षेत्रको जंगलमा आगो लाग्दा गाउँहरु प्रभावित हुने गरेको थियो। यसपाला भने शहरोन्मुख क्षेत्र समेत प्रभावित हुन पुगेका छन्। 

एकातिर आगलागी छ भने त्यसैका कारण बिजुली सप्लाइ अवरुद्ध हुन पुगेको छ। यसले जनजीवन पूर्ण प्रभावित भएको छ। अहिलेसम्म ३ सय ७० घर आगोको चपेटामा परिसकेको छ। सपिङ कम्लेक्स र होटल पनि पूरै आगोको सिकार बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell