PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

आइडिया स्टुडियोले माग्यो नवीनतम व्यवसायिक योजना, सिजन सिक्स शुरु हुँदै



पहिलोपोस्ट

आइडिया स्टुडियोले माग्यो नवीनतम व्यवसायिक योजना, सिजन सिक्स शुरु हुँदै

ललितपुर : नवीनतम व्यवसायिक योजनाहरुलाई प्रोत्साहन परामर्शसहित विभिन्न सहयोग गर्दै आएको आइडिया स्टुडियोले कार्यक्रमको 'सिजन सिक्स' को घोषणा गरेको छ। शुक्रवार ललितपुरस्थित बालकुमारीमा रहेको काठमाडौं युनिभर्सिटी स्कुल अफ मेनेज्मेन्टमा रहेको स्टुडियोको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सिजन सिक्सको घोषणा गरेको हो।

सिजन सिक्सको घोषणा गर्दै स्टुडियोका अध्यक्ष डा छिरिङ लामाले आफूहरु योजना भएकाहरुसँग थप काम गर्न चाहिरहेका बताए। 'किसानदेखि प्राविधिकसम्म जोसँग भिजन छ। ती साथीहरुसँग काम गर्ने हाम्रो योजना छ,' अध्यक्ष डा लामाले भने।

उनले तीन तरिकाले सिजन सिक्समा भाग लिन सकिने बताए। 'एक आफ्नै आइडिया छ भने पठाउनुहोला। दोस्रो कसैले काम गरिरहेको छ तर राम्रो भइरहेको छैन भने उसको व्यवसाय प्रस्फुटन गराउन एप्लाइ गर्नुहोला र तेस्रो कोही करकापमा पछिमात्र गर्ने हुन्छन्। उहाँहरुलाई घचेटेर पनि साथ दिने गरी यहाँ पठाउन सक्नुहुन्छ,' लामाले भने।

आवेदनमा परेका योजनाहरु निर्णायकले मुल्यांकन गरी अडिसन लिएर ३५ देखि ४० जनालाई रियालिटी शोमा लैजाने स्टुडियोका योजना अधिकृत अनिल गन्धर्वले बताए।

छनोटमा परेका आवेदनलाई स्टुडियोले परामर्शदेखि तालिम दिने र लगानीको वातावरणसमेत मिलाइदिने बताए।

यसपटक स्टुडियोसँग त्रिभुवन विश्वविद्यालयले समेत सहकार्य गरेको छ। त्रिवि यस्तो संस्थासँग जोडिन पाउनु खुसीको विषय भएको व्यवस्थापन संकायका प्रमुख डा डिल्लीराज शर्माले बताए। त्रिवीले आजै कार्यक्रमसँग सम्झौतासमेत गरेको छ।

कार्यक्रममा विश्व वन्यजन्तु कोषका डा घनश्याम गुरुङ, काठमाडौं विश्वविद्यालयका डा सुवोध शर्मा, राष्ट्रिय युवा परिषद्का प्रशासकीय अधिकृत डा बाबुराम ढुंगानालगायतले उद्यमसम्बन्धी विचार राखेका थिए।  

स्टुडियोले गरेको पाँचौ संस्करणसम्म २५ सय योजनाका प्रस्तावहरु आएको र तीमध्येबाट १६० भन्दा बढी योजनाहरु व्यवसायिक रुपमा अघि बढिसकेको योजना अधिकृत गन्धर्वले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell