PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

एमसीसी रोक्न नेमकिपाको प्रदर्शन : अनुदान सहयोगमा राष्ट्रघातको रटान

एमसीसी रोक्न नेमकिपाको प्रदर्शन : अनुदान सहयोगमा राष्ट्रघातको रटान

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता विरुद्ध आज प्रदर्शनमा उत्रिएको छ।

यसअघि पनि पटकपटक एमसीसीको विपक्षमा आवाज उठाउँदै आएको मजदुर किसान पार्टीले आज संसद भवन नजिकै प्रदर्शन र धर्ना दिएको हो। 

मजदुर किसान पार्टीले एमसीसी सम्झौतालाई 'राष्ट्रघाती' भएको दावी गर्दै आएको छ। सरकार र सांसदहरुलाई खबरदारी गर्न भन्दै पार्टीले प्रदर्शन गर्ने भएपछि बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो। प्रदर्शनपूर्व कोटेश्वर, माइतीघर र पुरानो वानेश्वरबाट नेमकिपाले जुलुस निकालेको थियो।

प्रसारण लाइन तथा सडक निर्माणका लागि अमेरिकाले एमसीसीमार्फत उपलब्ध गराउन लागेको रकमको विषयलाई लिएर नेपालका बामपन्थी राजनीतिक दलहरु विरोधमा उत्रिँदै आएका छन्। संसदबाट अनुमोदन गराउनुपर्ने विषयलाई लिएर एमसीसी अनुदानलाई 'राष्ट्रवाद' विरोधी गतिविधिका रुपमा उनीहरुले प्रचार गर्दै आएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell