PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

र्‍यापर आशिष राना मगर 'लाहुरे' थप ८ दिन हिरासतमा, उनीसँगै पक्राउ परेका अरु तीन जना को थिए?



पहिलोपोस्ट

र्‍यापर आशिष राना मगर 'लाहुरे' थप ८ दिन हिरासतमा, उनीसँगै पक्राउ परेका अरु तीन जना को थिए?

काठमाडौं : बुधवार पक्राउ परेका र्‍यापर आशिष राना मगर 'लाहुरे' माथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरेको छ।

लागु औषधमा ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

प्रहरीले लाहुरेसहित अन्य चार जनालाई बुधवार राति कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडबाट लागु औषध ब्राउन सुगर सहित नियन्त्रमा लिएको थियो।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नबिन कुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने  २२ वर्षीय सुस्मिता गुरुङ रहेका छन्। 

लागु औषधको कारोबार भएको सुचनाको आधारमा प्रहरीले बिक्की भन्ने नबिन कुमार गुरुङलाई नियन्त्रणमा लिएर चेक गर्दा ब्राउनसुगर ०.५१ ग्राम फेला परेको थियो। त्यसपछि उनलाई सोधपुछ एवं अनुसन्धान पोखराको सभागृह नजिकै रहेको सुस्मिता गुरुङको कोठाबाट ब्राउनसुगर १२.५० ग्राम फेला पारेको प्रहरीले जानकारी दिएको छ।

र्‍यापर लाहुरे हिमालय टेलिभिजनबाट प्रसारण हुने रोडिज कार्यक्रममा निर्णायक समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell