PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

तीनै तहको निर्वाचनपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा



पहिलोपोस्ट

तीनै तहको निर्वाचनपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीन तहको निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन हुने बताएका छन्।

८औं महाधिवेशनको बन्दसत्र अन्तर्गत प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले विशेष महाधिवेशनमा जाने घोषणा गरेका हुन्। अहिलेको महाधिवेशनमा उठेकोबवहसलाई विशेष महाधिवेशनसम्म पुर्‍याइने उनको भनाइ थियो।

राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले उद्घाटनको अघिल्लो दिन मात्रै महाधिवेशन गर्ने निर्णय गरेको थियो। सेल र वडा कमिटीदेखि प्रदेशसम्म सम्मेलन गरेको माओवादी केन्द्रले केन्द्रमा मात्रै महाधिवेशन गरेको हो। महाधिवेशनमा व्यापक बहस नभएको भन्दै माओवादी केन्द्रकै कतिपय नेताहरुले असन्तुष्टि जनाइरहेका छन्। त्यसैलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'विशेष महाधिवेशनमा जाने हो। विचार र बहसलाई त्यहाँ पुगेर पूर्णता दिने हो। यो सुरुवात हो पूर्णता हैन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell