PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

न्यु इयर इभमा यस्तो देखियो पोखराको सडक महोत्सव

न्यु इयर इभमा यस्तो देखियो पोखराको सडक महोत्सव

प्रवीण रानाभाट/पहिलोपोस्ट


पोखरा : अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित सडक महोत्सव शुक्रवार विशेष रह्यो। पोखराको सहिदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म फैलिएको सडक महोत्सवमा शुक्रवार साँझ थारु नाचदेखि युवाहरुको नाचको रौनक देखिन्थ्यो।

यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, कन्सर्ट, डुंगा दौड जस्ता प्रतियोगिता समावेश गरिएको छ।

‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गरेको २३ औं पोखरा ‘सडक महोत्सव’ पुस १७ गतेसम्म चल्नेछ।

महोत्सव अवधिमा सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ।

फेस्टिभलको पहिलो दिन विहीबार हल्लनचोकबाट सांस्कृतिक झाँकी सहितको र्‍याली कोमागाने पार्कमा पुगी कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।

महोत्सव अवलोकनका लागि पुग्नेलाई रेवानले बिहिबार र शुक्रबार कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सनको खोपसमेत उपलब्ध गराएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell