PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

२०२२ मा बलिउडको क्यालेन्डर : अप्रिलमा भिड्लान् त यी तीन फिल्म ?



पहिलोपोस्ट

२०२२ मा बलिउडको क्यालेन्डर : अप्रिलमा भिड्लान् त यी तीन फिल्म ?

कोरोना भाइरस संक्रमणका कारण लामो समयसम्म विश्वभर मनोरञ्जन क्षेत्र प्रभावित बन्यो। २०२० मा सिनेमा हल बिरैले खुले। २०२१ मा भने सिनेमा हलहरुले गति लिन सुरु गर्‍यो। बलिउडमा पनि थुप्रै ‘अवेटिङ’ फिल्महरु २०२१ मा रिलिज भए। कयौं फिल्मले अझै कोरोना संक्रमणलाई मध्यनजर गर्दै 'रिक्स' लिएनन्।

‘सूर्यवंशी’ ले भने बलिउड फिल्मलाई सिनेमा घरमा फर्काउन बाटो देखायो। यससँगै २०२२ मा प्रतिक्षित मानिएका फिल्महरुले बलिउडको क्यालेन्डर भरिएको छ।

जनवरीमा नै बहुप्रतिक्षित भनिएको एसएस राजमौली निर्देशित फिल्म ‘आरआरआर’ रिलिज हुँदैछ। जनवरी ७ मा रिलिज हुने यो फिल्म अहिले प्रचारमा व्यस्त छ। दक्षिण भारतीय अभिनेता रामचरण, जुनियर एनटिआरसँगै अजय देवगण र आलिय भट्ट यो फिल्ममा देखिँदैछन्।

यस्तै, बाहुबली स्टार प्रभासको फिल्म पनि जनवरीमा रिलिज हुँदैछ। प्रभाससँगै पूजा हेगडेको अभिनय रहेको फिल्म राधेश्याम १४ जनवरीमा रिलिज हुँदैछ।

बर्षमा चार पाँचवटा सम्म फिल्म गर्ने अक्षय कुमारले सन् २०२२ को सुरुवात पृथ्वीराजबाट गर्दैछन्। २१ जनवरी रिलिज डेट तय भएको उक्त फिल्ममा मिस इन्डिया मानुषी चिल्लर, सोनु सुद र सन्जय दत्तको अभिनय छ। ऐतिहासिक कथा समेटिएको यो फिल्म विवादमा पनि परेको छ। फिल्मको कथा वास्तविक्ता भन्दा फरक रहेको भन्दै आलोचना भइरहेको छ।

भारतीय फिल्म इन्डस्ट्रीमा पछिल्लो समय फेरि धेरै संख्या राष्ट्रवादी फिल्महरु बन्न थालेका छन्। त्यसैमध्य जोन अब्राहमको मुख्य भूमिका रहेको फिल्म ‘अट्याक’ २८ जनवरीमा रिलिज हुँदैछ। यसमा जोनसँगै रकुलप्रित सिंह र ज्याक्लिन फर्नानडिस् पनि देखिँदैछन्।

फेब्रुअरीको सुरुवात भने राज कुमार राव र भूमि पेडनेकरको अभिनय रहेको फिल्म ‘बधाई दो’ बाट सुरु हुनेछ। फेब्रुअरी १८ मा भने धेरै प्रतिक्षा गरिएको ग्याङ्स्टर जनराको फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज हुँदैछ। आलिया भट्टको अभिनय रहेको यस फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा फिल्म निर्माताहरुको छ।

यस्तै, फेब्रुअरी २५ मा रणवीर सिंह र शालिनी पाण्डे अभिनित फिल्म जयेशभाई जोरदारको रिलिज मिति पक्का भएको छ।

मार्चको सुरुवातमै फेरि अक्षक कुमार नयाँ फिल्म लिएर आउँदैछन्। मार्च ४ मा रिलिज हुने फिल्म ‘बच्चन पाण्डे’मा उनी कृति सैननसँगै देखिँदैछन्। मार्च १८ मा रणवीर कपूर र वाणी कपूरको फिल्म शमशेरको सिनेमा हलमा प्रदर्शनी आउने बताइएको छ। अक्षय कुमारको सुपरहिट फिल्म ‘भुलभुलैया’ को सिक्वेल ‘भुलभुलैया २’ मार्च २५ मा रिलिज हुने बताइएको छ। यसमा कात्तिक आर्य मुख्य भूमिकामा देखिँदैछन्। मार्च ३१ मा भने आयुष्मान खुराना अभिनित फिल्म अनेक रिलिज हुनेछ।

अप्रिलमा पनि बलिउडका ठूला फिल्महरु रिजिल हुँदैछन्। ४ अप्रिलमा कंगना रनौटको फिल्म धाकड रिलिज हुने तय भएको छ।

अप्रिलको दोस्रो साता भने तीन स्टारका फिल्महरु बक्सअफिसमा ‘क्ल्यास’ हुँदैछन्। १४ अप्रिलमा अमिर खान र करिना कपूरको लाल सिंह्य चड्डा रिलिज हुने तय भएको छ। १४ अप्रिलमै बहुप्रतिक्षित केजीएफ २ रिलिज हुनेछ। यस्तै, १४ अप्रिलमा नै प्रभाष स्टारर फिल्म सलार पनि रिलिज हुँदैछ। यी फिल्महरु एकआपसमा भिड्लान वा कसैले रिजिलि मिति परिवर्तन आउने केही समयमा थाहा हुनेछ।

अप्रिल २९ मा भने टाइगर श्राफ र तारा सुतारियाको अभिनय रहेको फिल्म हिरोपन्ती २ रिलिज हुँदैछ। २९ अप्रिलमा अमिताभ बच्चन र अजय देवगनको फिल्म रनवे ३४ रिलिज हुने मिति तय भएको छ।

यस्तै, मे महिनाको १३ तारिखमा सिद्धार्थ मल्होत्राको मिशन मंजनू रिलिज मिति तय गर्दा जुन १० मा विक्की कौशलको गोविन्दा नाम मेरा फिल्मले आफ्नो रिलिज टार्गेट राखेको छ। जुन १७ मा आयुषमान र रकुलप्रतिको डाक्टर जीले रिलजि मिति तय गरेको छ भने जुन २४ मा वरुण धवन र कियारा आडवाणीको जुग जुग जियो रिजिल हुने बताइएको छ।

८ जुलाईमा भने एक भिलियन रिटर्न्स रिलिज हुने तय भएको छ। यसमा अर्जुन कपूर, तारा सुतारिया, जोन अब्राहम लगायतका कलाकार देखिनेछन्। जुलाई १५ मा भने कट्रिना कैफको फोनभूत र रणवीर सिंहको सकर्सले रिलिज टार्गेट राखेको छ।

सन् २०२२ मा अक्षय कुमारको तेस्रो फिल्म रक्षाबन्धन ११ अगस्टमा रिलिज हुने गरि तयारी भइरहेको छ। ११ अगस्टमै प्रभास, सैफ अलि खान र कृति सैननको आदिपुरुष पनि रिलिज गर्ने तयारी निर्माताहरुको छ।

रणवीर कपूर, आलिया भट्ट र अमिताभ बच्चनको ब्रह्मास्त्र फिल्म ९ सेप्टेम्बर मा रिलिज गर्ने घोषणा भएको छ। कंगना रनौटको फिल्म तेजसले आफ्नो रिलिज मितिको टार्गेट ५ अक्टोबर राखेको छ।

यस्तै, शहजादा, गणपत लगायतका फिल्महरुले पनि रिजिल टार्गेट सार्वजनिक गरेका छन्। रिलिज मिति सार्वजनिक गरेका कयौं फिल्महरु तय मितिमा प्रदर्शनमा नआउन पनि सक्छन्। कतिपय फिल्महरुको अहिले सुटिङ भइरहेको छ भने कतिपय फिल्मको घोषणामात्रै भएको छ।

सन् २०२२ को सुरुको केही महिनामा आउने फिल्महरुको मिति पनि परिवर्तन हुन सक्ने बताइएको छ। रिलिज डेट जुडेपछि फिल्म निर्माताहरुले सल्लाहमा रिजिल डेट सार्न सक्ने भनिएको छ। यस्तै, कोरोनाका कारण रिलिज हुन रोकिएका फिल्महरु पनि प्रदर्शन हुन सक्छन्। केही नयाँ फिल्महरुले पनि बलिउडको क्यालेन्डरमा प्रवेश पाउन सक्छन्। जसकारण हाल घोषणा गरिएका फिल्महरुको रिजिल मिति परिवर्तन हुने सम्भावना उच्च छ। यस्तै, भारतमा फेरि कोरोना संक्रमण बढेका कारण फिल्महरुले रिलिज मिति परिवर्तन गर्ने सम्भावना पनि बढ्दै गएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell