PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

माओवादी बहुपदीय प्रणालीमै जाने, केन्द्रीय कमिटीले आवश्यकता अनुसार पदाधिकारीको संख्या निर्धारण गर्ने



पहिलोपोस्ट

माओवादी बहुपदीय प्रणालीमै जाने, केन्द्रीय कमिटीले आवश्यकता अनुसार पदाधिकारीको संख्या निर्धारण गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ। बन्द सत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइरहेका छन्।

बन्दसत्रका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहका नेताहरुले धारणा राखेका थिए। त्यसक्रममा नेताहरुले बहुपदीय प्रणाली हटाउन माग उठाएका थिए।

तर, नेताहरुले बहुपदमा जाने व्यवस्था खारेज हुनुपर्ने माग गरे पनि विधानमा बहुपदीय प्रणालीलाई नै माओवादी केन्द्रले निरन्तरता दिने भएको छ। यसअघि यो महाधिवेशनबाट १५ जना पदाधिकारी चयन गर्ने भनिएको थियो। अब भने पदाधिकारी संख्या केन्द्रीय कमिटीले आवश्यकता अनुसार निर्धारण गर्ने जनाइएको छ।

विधानमा यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटीमा १० प्रतिशत केन्द्रीय सदस्यहरु मनोनित गर्ने व्यवस्था थियो। अब भने मनोनित हुनेको संख्या १५ प्रतिशत बढाउने गरी विधान संशोधन हुँदैछ।

यस्तै, जिल्ला समन्वय समितिले पनि २५ प्रतिशतसम्म केन्द्रीय सदस्य मनोनित गर्न सक्ने  गेर्ने संशोधन गरिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell