भारतको हरियाणामा उत्खननको काम भइरहँदा पहाड खसेको छ। भिवानी जिल्लामा पहाड खस्दा २० देखि २५ जना ढुंगाले पुरिएको बताइएको छ।
हालसम्म तीनजना मजदूरहरुको शव निकालिएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ। ठूला ठूलो चट्टान भएको पहाड खस्दा यो घटना भएको बताइएको छ। चट्टानलाई फुटाउन प्रशासनले प्रयास गरेपनि अत्याधुनिक औजारको कमीले काम रोकिएको छ। जसकारण उद्धारकार्य पनि प्रभावित भएको छ। घटनास्थलमा स्थानीय र मिडियालाई प्रवेशमा रोक लगाइएको छ।
भारतीय संचारमाध्यमका अनुसार उक्त क्षेत्रमा पहिला उत्खननको कार्यमा रोक लगाइएको थियो। शुक्रवार उत्खनन गर्ने कार्य खुला गरिएपछि काम सुरु भएको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।