
काठमाडौं : पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढीको कोभिड १९ परीक्षण गरिएको छ। १५ हजार ९५२ जनाको एन्टीजेन परीक्षण हुँदा ५ हजार ७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको हो।
संकलित २० हजार ९५९ नमुनाको परीक्षण गर्दा ३८२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ३४२ जनामा आरटी पीसीआर परीक्षणका क्रममा र ४० जनामा एन्टीजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो।
यस्तै,२५२ जना संक्रमित मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९६९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ११२३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।