PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

५००७ जनाको पीसीआर गर्दा ३४२ मा देखियो संक्रमण, करिब १६ हजारको एन्टीजेन परीक्षण हुँदा भेटिए ४० संक्रमित



पहिलोपोस्ट

५००७ जनाको पीसीआर गर्दा ३४२ मा देखियो संक्रमण, करिब १६ हजारको एन्टीजेन परीक्षण हुँदा भेटिए ४० संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढीको कोभिड १९ परीक्षण गरिएको छ। १५ हजार ९५२ जनाको एन्टीजेन परीक्षण हुँदा ५ हजार ७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको हो।

संकलित २० हजार ९५९ नमुनाको परीक्षण गर्दा ३८२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ३४२ जनामा आरटी पीसीआर परीक्षणका क्रममा र ४० जनामा एन्टीजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो।

यस्तै,२५२ जना संक्रमित मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९६९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ११२३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell