PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्यमा मनोनीत, अरु को को परे?



पहिलोपोस्ट

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्यमा मनोनीत, अरु को को परे?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीका प्रत्यासी तथा वरिष्ठ नेतालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेताहरु रामचन्द्र पौडेलसहित पदाधिकारीमा उम्मेदवार रहेका नेताहरुलाई मनोनीत गरेका हुन्।

देउवाले केन्द्रीय सदस्य मनोनीत गरेकामा पौडेल बाहेक सभापतिका प्रत्यासी द्वय प्रकाशमान सिंह र विमलेन्द्र निधि छन्। त्यसैगरी विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, डा नारायण खड‍्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell