PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राष्ट्रियसभा उम्मेद्वारका लागि सुदूरपश्चिमबाट एमालेका ९ जनाको नाम सिफारिस



पहिलोपोस्ट

राष्ट्रियसभा उम्मेद्वारका लागि सुदूरपश्चिमबाट एमालेका ९ जनाको नाम सिफारिस

कैलालीः नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ। एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार खुल्ला, महिला र दलित कोटाबाट गरेर ९ जनाको नाम सिफारिस गरिएको छ।

सबै समूहबाट ३/३ जनाको नाम सिफारिस गरिएको छ।

खुल्लाबाट अछामका कृष्णप्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको छ। दलित तर्फबाट बैतडीका नरेशकुमार विश्वकर्मा, दार्चुलामा लालीराम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन्। महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द, कैलालीकी सन्तोषकुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन्।

पहिलोपटक भएको निर्वाचनपछि निर्धारण भएको चार वर्षे कार्यकाल पूरा गरेको स्थानमा निर्वाचन हुन लागेको हो।

सुदूरपश्चिमबाट चार वर्षको कार्यकाल पूरा गर्नेमा एमालेका चक्र स्नेही, कांग्रेसका तारादेवी भट्ट र नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर रहेका छन्।

निर्वाचनका लागि धनगढीमा कार्यालय स्थापना गरेर तयारी थालिसकेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell