PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

टुँडिखेलमा किरात समुदायले यसरी मनाए उधौली सकेला

टुँडिखेलमा किरात समुदायले यसरी मनाए उधौली सकेला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : किरात समुदायले आज टुँडिखेलमा उधौली सकेला पर्व मनाएका छन्। किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली सकेलाको रुपमा मनाउने गर्छन्।

भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि किरात समुदायभित्रका विभिन्न जातले आ-आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।

बाली लगाउने समय बैशाख पूर्णिमामा उभौली पूजा गरेका किरातले पुषमा उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। यसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रुपमा समेत लिइन्छ। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किरात जातिमा छ। पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किरातले मनाउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell