PahiloPost

Jul 3, 2024 | २० असार २०८१

माओवादीको केन्द्रीय सदस्यमा कुन समूहबाट कति हुँदैछन् निर्वाचित?



पहिलोपोस्ट

माओवादीको केन्द्रीय सदस्यमा कुन समूहबाट कति हुँदैछन् निर्वाचित?

काठमाडौँः आकांक्षी धेरै हुँदा नेकपा (माओवादी केन्द्र) लाई केन्द्रीय कमिटी चयनमा सकस देखिएको छ। सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने माओवादी केन्द्रको तयारी छ। खुल्ला र समावेशी तर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि व्यवस्थापनमा समस्या परेको हो।

निर्वाचन समितिले भने सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। शनिबार राति ८ बजेदेखि १०ः३० बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ।

निर्वाचन समितिले आइतबार बिहान ११ः३० बजेबाट निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ। 

कुन समूहमा कति निर्वाचित?

माओवादी केन्द्रको कूल २९९ केन्द्रीय कमिटीमा १४५ जना खुल्लाबाट निर्वाचित हुनेछन्। अन्य समानुपातिक रुपमा समावेशी समूहका आधारमा निर्वाचित हुनेछन्।

जसअनुसार समानुपातिकमा खसआर्यबाट ४५ जना निर्वाचित हुनेछन्। जसमा पुरुष १२, युवा पुरुष २, महिला २४ र महिला युवा ६ जना निर्वाचित हुनेछन्।

यस्तै, दलिततर्फ २२ जना निर्वाचित हुनेछन्। जसमा पुरुष ६ जना, युवा पुरुष १, महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन्।

यस्तै, मुस्लिम समूहबाट ७ जना निर्वाचित हुनेछन्। यस्तै, मधेशी समूहबाट २३ जना निर्वाचित हुनेछन्। आदिवासी जनजातितर्फ ४३ जना र थारुतर्फ १० जना निर्वाचित हुनेछन्।

अपाङ्गता भएका व्यक्तिको समूहबाट २ र पिछडिएको क्षेत्रबाट महिला र पुरुष गरी २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell