A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6994c8d1056f68.29889589): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6994c8d1056f68.29889589,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

दामन सिमभन्ज्याङमा हिउँ परेपछि पर्यटकको भिड, व्यापारीहरु उत्साहित
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

दामन सिमभन्ज्याङमा हिउँ परेपछि पर्यटकको भिड, व्यापारीहरु उत्साहित

दामन सिमभन्ज्याङमा हिउँ परेपछि पर्यटकको भिड, व्यापारीहरु उत्साहित

निशा गुरुङ/पहिलोपोस्ट


हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र दामन सिमभन्ज्याङमा हिउँ परेपछि उक्त क्षेत्रका व्यापारीहरु उत्साहित भएका छन्। काठमाडौं, चितवन, रक्सौल, वीरगंजदेखि हिउँ प्रेमीहरु यहाँ हिउँ खेल्न आएका छन्।

दैनिक पर्यटकहरुको भिड लाग्दा उक्त क्षेत्रका होटलहरु भरिभराउ छन् भने यहाँका व्यवसायीहरुलाई भ्याई नभ्याई छ। बुधवार परेको हिउँ खेल्न पहिलो दिनमै ४ हजार भन्दा बढी पर्यटक आएको यहाँका व्यापारी सन्दीप भुजेलले जानकारी दिए।

‘पर्यटकहरु आउने क्रम जारी छ, बाटो अवरुद्ध हुँदा पसलका लागि सामानहरु डोकोमा बोकेर ल्याउनपर्छ,’ भुजेलले भने।

व्यापार हुने सिजन नै यही हिउँ पर्दाको समय भएकोले आफूहरुलाई यो सिजनमा दशैँ आएको जस्तै महसुस हुने व्यापारीहरु बताउँछन्। बुधवार परेको हिउँका कारण अहिलेसम्म यहाँको बाटो अवरुद्ध नै रहेको छ।

स्थानीयहरु घरबाट बाहिर निस्कन सकेका छैनन् भने पशु चौपाया समेत गोठमा नै थुनिएका छन्। हिउँ अझै एक हप्तासम्म रहिरहने स्थानीयको भनाइ छ।



ट्रेन्डिङ पोस्ट

Ncell