PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

माओवादी केन्द्रीय कमिटी निर्वाचनको संशोधित तालिकाः आइतबार २ बजे मनोनयन, ६ः२५ बजेदेखि मतदान



पहिलोपोस्ट

माओवादी केन्द्रीय कमिटी निर्वाचनको संशोधित तालिकाः आइतबार २ बजे मनोनयन, ६ः२५ बजेदेखि मतदान

काठमाडौंः नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यको निर्वाचनको नयाँ निर्वाचन तालिका सार्वजनिक भएको छ। माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्वजनिक गरेको हो। शनिबार मनोनयन हुनेगरि जारी कार्यतालिका स्थगन भएपछि नयाँ तालिका सार्वजनिक गरिएको हो। 

निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म उम्मेद्वारको मनोनयन हुनेछ। यस्तै, मनोनयन दर्ताको प्रारम्भिक सूची ३ः४० बजे प्रकाशित हुनेछ। 

निर्वाचन कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन ४ः४५ बजे हुनेछ। 

यस्तै साँझ ६ः२५ बजे राति १०ः२५ बजेसम्म मतदान हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell