PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर



पहिलोपोस्ट

जितको दवाबमा पुलिस, मछिन्द्रलाई एएफसी कप छनोटको अवसर
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने खेलमा लिगको साविक विजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्।

मछिन्द्र क्लबले ६ खेलबाट १४ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई आजको खेलमा जित अनिवार्य छ। यसपाला सातौं चरणको समाप्तीमा लिगको शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्न पाउने छन्। जसमा मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्बल अगाडि छन्। सातौं खेल खेलिसकेको मनाङ १६ अंक जोडेर शीर्षस्थानमा छ भने १४ अंक जोडेर मछिन्द्र दोस्रो स्थानमा छ। आजको पुलिसविरुद्धको खेलमा मछिन्द्रले जितनिकाले मछिन्द्रले एएफसी कप छनोट खेल्ने छ भने बराबरी खेले या पराजित भए मनाङले एएफसी कप छनोटमा अवसर पाउने छ। अघिल्लो सिजन लिग विजेता भएर पनि एएफसी लाइसेन्स नहुँदा मछिन्द्रको स्थानमा उपविजेता आर्मीले छनोट खेलेको थियो।

अर्कोतर्फ विभागीय टोली नेपाल पुलिसलाई पनि जितको खडेरी परेको छ। पछिल्ला चार खेलमा जित निकाल्न नसकेको पुलिस ६ अंक जोडेर तालिकाको दशौं स्थानमा छ। जारी लिगमा पुलिसले १ जित, तीन बराबरी र २ हार ब्यहोरेको छ। आजको खेलमा पराजय ब्यहोरेको खण्डमा कुनै बेला उपाधिको सशक्त दाबेदार मानिने पुलिस रेलिगेशन क्षेत्रको एकदमै निकट पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell