PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सशस्त्र प्रहरी जवानको लिखित परिक्षा दिने नक्कली परीक्षार्थी समातिए



पहिलोपोस्ट

सशस्त्र प्रहरी जवानको लिखित परिक्षा दिने नक्कली परीक्षार्थी समातिए

काठमाडौंः सशस्त्र प्रहरीको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका दुई जना नक्कली परिक्षार्थी पक्राउ परेका छ।

पक्राउ पर्नेहरुमा बाग्लुङ ढोरपाटन नगरपालिका ६ बस्ने १८ बर्षिय निल कुमार अदै र  धनकुटा सहिदभूमी गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन्। उनीहरुलाई शनिवार पक्राउ गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा  अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा सौहार्द राईले परिक्षा दिन लाग्दा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell