PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एकै दिन ४४ सय फ्लाइट क्यान्सिल, कोरोना र मौसम बन्यो कारण



पहिलोपोस्ट

एकै दिन ४४ सय फ्लाइट क्यान्सिल, कोरोना र मौसम बन्यो कारण
GETTY IMAGES

शनिवार एकै दिन विश्वभर करिब ४ हजार ४ सय फ्लाइट क्यान्सिल भए। यसरी क्यान्सिल भएका मध्ये २ हजार ५ भन्दा धेरै अमेरिकामा मात्र रहेको एयर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ।

विमान कम्पनीहरु यतिखेर आफ्ना क्रु क्वारेन्टाइनमा रहँदा असहज अवस्थामा गुज्रिरहेका छन् - मानव संशाधन व्यवस्थापनको विषयलाई लिएर। त्यसमाथि उडानका लागि मौसम प्रतिकूल बन्यो। भारी हिमपातले अमेरिकालाई अहसज अवस्थामा पुर्‍याएको छ।

अमेरिकाको सिकागोबाट मिडवे विमानस्थलका फ्लाइट एक हजार भन्दा धेरैवटा क्यान्सिल भए। 

'आजको क्यान्सिलेसनको मुख्य कारण ओमोक्रन, कर्मचारी व्यवस्थापन र मौसम रह्यो,' युनाइटेड एयरलाइन्सले विज्ञप्ति जारी गर्दै भनेको छ, 'हामीले क्यान्सिलेसन हुने अवस्थामा यात्रुहरुलाई पहिले नै खबर गर्ने प्रयास गरेका छौं ता कि पुन फ्लाइट बुक गर्न तयारी र योजना बनाउन सहज होस्।'

आइतवार फ्लाइट थप अहसज हुने छ किनकि क्रिसमसको विदा सकेर मानिसहरु कामका लागि दौडने छन्। त्यसमाथि थप हिमपात हुँदैछ जसले विमान सेवालाई प्रभावित पार्नेछ।

'प्रतीक्षा लामो भइसक्यो। यहाँ सहज रुपमा बस्ने ठाउँ समेत छैन,' ओ हारा विमानस्थलमा अड्किएका एक यात्रुलाई उदृत गर्दै बीबीसले लेखेको छ। 

२४ डिसेम्बर यता १२ हजार भन्दा धेरै फ्लाइट क्यान्सिल भइसकेको छ अमेरिकामा।

विमान कम्पनीहरुले कर्मचारीलाई अतिरिक्त भत्ता उपलब्ध गराएर पनि काम लिइरहेका छन्। कोरोना भाइरसको ओमोक्रन भेरियन्टका कारण विमान कम्पनीका क्रु र उनीहरुसँग जोडिएका मानिस आइसोलेसनमा जाँदा यस्तो समस्या कम्पनीहरुले भोग्न परेको हो। अर्कातिर विमान कम्पनीका कर्मचारी आक्रोसित हुने यात्रुसँग डिल गर्न डराइरहेका छन् - संक्रमणकै कारण। 

अमेरिकामा अहिले अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढ्न थालेको छ। प्रहरीदेखि ब्रोडवेका कर्मचारीसम्म संक्रमित हुन थालेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell