PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सौर्य एयरलाइन्समा करेन्ट चाउचाउको कार्टुन, त्यसभित्र ५० लाख रुपैयाँ ! स्रोत खुलाउन नसक्दा कर्मचारी नै समातिए



पहिलोपोस्ट

सौर्य एयरलाइन्समा करेन्ट चाउचाउको कार्टुन, त्यसभित्र ५० लाख रुपैयाँ ! स्रोत खुलाउन नसक्दा कर्मचारी नै समातिए

काठमाडौं : सौर्य एयरलाइन्सका कर्मचारीलाई स्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको छ।

शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सका सहयोगी मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शनिवार दिउँसो विराटनगरबाट काठमाडौं आएको सूर्य एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ बाट रकम आएको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले विमानबाट आएको भद्रपुर लेखिएको रातो रङ्गको ब्यागभित्र करेन्ट चाउचाउको कार्टुन फेला पार्‍यो। त्यसको भित्र ५० लाख रुपैयाँ भेटिएको हो।

पोखरेललाई प्रहरीले थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाएको जानकारी दिएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा प्रहरीले देशभरबाट स्रोत नखुलेको ५ करोड ८७ लाख ५५ हजार ५ सय ६७ रुपैयाँ बरामद गरेको छ। अघिल्लो आर्थिक वर्षको पाँच महिनासँग तुलना गर्दा  २ सय ९२ प्रतिशतले बरामद रकम बढेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell