PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि



पहिलोपोस्ट

झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि
फोटो: झापा गोल्डकप फेसबुक पेज

झापा: कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ। मोफसलकै प्रतिष्ठित मध्येको सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ।

आज आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको दाबी गरे। विजेता टिमले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ पाउने पत्रकार सम्मलेनमा जानकारी गराए।

त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद नौ हजार ९९९ रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुङ्गो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए। प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। महासचिव पौडेलको नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell