PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु



पहिलोपोस्ट

पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात  जनाको मृत्यु

बुटवलः पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–७ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।

दुर्घटनामा सात जना पुरुषको घटनास्थलमै मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएका छन्।बसमा ४० जना सवार रहेको खुलेको छ। बस सडकबाट करिब ५० मिटर तल खसेको थियो।

घुम्तीमा बस मोडिन नसक्दा दुर्घटना भएको हुनसक्ने  प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell