PahiloPost

May 14, 2024 | १ जेठ २०८१

ओमोक्रनको असर बलिउडमा पनि : अनिश्चिकालका लागि स्थगित भयो 'आरआरआर' को रिलिज डेट



पहिलोपोस्ट

ओमोक्रनको असर बलिउडमा पनि : अनिश्चिकालका लागि स्थगित भयो 'आरआरआर' को रिलिज डेट

भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ। विभिन्न राज्यहरुले संक्रमणको चुनौतीलाई मध्यनजर गर्दै फेरि प्रतिबन्धहरु लागू गरेका छन्। यसको असर फेरि पनि बलिउडमा परेको छ। ‘ओमिक्रोन’ त्रासका कारण फिल्मको रिलिज मिति परिवर्तन हुने ट्रेन्ड नै सुरु हुने देखिएको छ।

जसको सुरुवात सन् २०२२ को बहुप्रतिक्षित फिल्म 'आरआरआर' बाट भएको छ। जनवरी ७ मा रिलिज मिति तय गरेर आक्रमक प्रचार गरेको यव फिल्मले रिलिज मिति नै स्थगित गरेको हो।

फिल्मको नयाँ मिति भने तोकिएको छैन। कोरोनाको बढ्दो संक्रमणसँगै अनिश्चितकालका लागि फिल्मको मिति स्थगित गरिएको टिमले जनाएको छ। यस फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ।

भारतको महाराष्ट्र, तमिलनाडु र आन्ध्र प्रदेशमा ५० प्रतिशत अकुपेन्शीमा मात्रै हल खोल्ने अनुमति दिइएको छ। त्यसैगरि दिल्ली सरकारले त पुर्ण रुपमा नै हलहरु बन्द गर्ने निर्णय गरिसकेको छ। जसकारण फिल्म युनिटले 'रिस्क' लिन चाहेनन्।

केही दिनअघि शहीद कपुरको अभिनय रहेको फिल्म 'जर्सी' ले पनि रिलिज डेट सारेको थियो। गत शुक्रवारदेखि प्रदर्शनमा आउने भनिएको फिल्म कोरोना संक्रमणलाई मध्यनजर गदैँ रिलिज मिति सारिएको निर्माण टिमले बताएको थियो। स्थगित भनिए पनि यस फिल्मको पनि नयाँ रिलिज मिति तय गरिएको छैन।

त्यसैगरि 'बाहुबली' स्टार प्रभासको फिल्म 'राधेश्याम' पनि १४ जनवरीमा रिलिज हुने भनिएको छ। साथै अक्षयकुमारको फिल्म 'पृथ्वीराज' र जोन अब्राहमको मुख्य भूमिका रहेको फिल्म ‘अट्याक’ पनि जनवरीमा लाइनअपमै छन्। यी फिल्मको पनि रिलिज मिति परिवर्तन हुने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell