PahiloPost

Jul 3, 2024 | २० असार २०८१

फिल्म ‘लाखे’ मा भित्रिए रोहित, छायाङ्कन पुस २६ गतेदेखि सुरु हुने



पहिलोपोस्ट

फिल्म ‘लाखे’ मा भित्रिए रोहित, छायाङ्कन पुस २६ गतेदेखि सुरु हुने

काठमाडौं: अभिनेता रोहित रुम्बा फिल्म ‘लाखे’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले फिल्मको मुख्य कलाकारको रुपमा रोहितलाई भित्र्याएको हो।

रोहितसँगै निर्माण टिमले कलाकारका रुपमा संजय थापा र संजोग राणालाई पनि भित्र्याएको छ। यी तीन कलाकार भित्रिएसँगै फिल्मको लागि कलाकार छनोट प्रक्रिया पुरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिएका छन्।

फिल्म ‘लाखे’ को कथा मन परेर फिल्मसँग जोडिएको रोहितको भनाई छ। रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।

यस अगाडि नै फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, बर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी आदि कलाकारहरु पक्का भइसकेका छन्।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको छ। हरि मल्ल ठकुरी फिल्मका कार्यकारी निर्माता रहेका छन्।

ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन्। निर्देशक सम्राट बस्नेतको निर्देशन रहेको फिल्मको छायाङ्कन  पुस २६ बाट छायांकन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell