PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

धनुषामा सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप, राजमार्ग अवरोध गरे पछि दुई दर्जन रबर बुलेट प्रहार  



पहिलोपोस्ट

धनुषामा सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप, राजमार्ग अवरोध गरे पछि दुई दर्जन रबर बुलेट प्रहार  

जनकपुरधाम : सीके राउत नेतृत्वको जनमत पार्टीले आयोजना गरेको किसान आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा आन्दोलनकारीहरु राजमार्ग अवरुद्ध गरेपछि राजमार्ग खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

धनुषाको पोर्ताहामा प्रहरी र आन्दोलनकारीबिच झडप हुँदा पाँचजना प्रदर्शनकारी घाइते भएका छन्। घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह हुन्।

यस्तै, ८ जना प्रहरी पनि झडपका क्रममा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले झडपको क्रममा करिब दुई दर्जन रबर बुलेट प्रयोग भएको बताए। उनले प्रदर्शनकारीको तर्फबाट ढुंगा हान्न सुरु भएपछि जवाफमा प्रहरीको तर्फबाट अश्रु ग्यास र रबर बुलेट प्रहार भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell