PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

माधव नेपालको पार्टीमाथि ओलीको टिप्पणी : पार्टी विभाजन गरेर समाजवाद आउँदैन



पहिलोपोस्ट

माधव नेपालको पार्टीमाथि ओलीको टिप्पणी : पार्टी विभाजन गरेर समाजवाद आउँदैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने बताएका छन्। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

एमाले निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको नयाँ वर्ष २०२२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले एकीकृत समाजवादीले समाजवादको यात्रा तय गर्न नसक्ने बताएका हुन्।

माधवकुमार नेपाल नेतृत्वको समूह एमालेबाट फुटेपछि एकीकृत समाजवादी गठन भएको हो। समाजवादी हाल नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा छ। एकीकृत समाजादीले आफूहरुले लक्ष्य नेपालमा समाजवादी क्रान्ति ल्याउनु रहेको बताउँदै आएको छ।

ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell