PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओमोक्रनको बिस्तार रोक्न स्थानीय तहलाई स्वास्थ्य सेवा विभागको यस्तो पत्र



पहिलोपोस्ट

ओमोक्रनको बिस्तार रोक्न स्थानीय तहलाई स्वास्थ्य सेवा विभागको यस्तो पत्र

काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ओमोक्रन भेरियन्टको तीब्र विस्तारलाई रोक लगाउन सबै स्थानीय तह, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको छ।

'हालसम्म यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमोक्रन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्व तयारीका साथ रहनु अपरिहार्य देखिन्छ,' विभागका निर्देशक डा कृष्णप्रसाद पौडेलको हस्ताक्षर सहितको पत्राचारमा भनिएको छ।

कोभिड १९ तथा नयाँ भेरियन्ट ओमोक्रन सम्बन्धि थप सतर्कता तथा तयारी गर्न महाशाखाले यस्तो निर्देशन दिएको हो। 

महाशाखाले सीमा नाकामा रहेका प्रवेश बिन्दुहरुबाट प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न भनेको छ। 
खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान तथा कोभिड १९ विरुद्धको खोपको प्रयोगमा वृद्धि गर्नसमेत भनेको छ।

सबै स्थानीय तहलाई जनस्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्न गराउन, समुदायमा जोखिम क्षेत्रहरु पत्ता लगाई एन्टीजेन किटबाट परीक्षणको दायरा बढाउन, पहिचना भएका कोभिड १९ का केसहरुको उचित व्यवस्थापन गर्न, उनीहरुको सम्पर्कमा रहेकाको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न समेत भनेको छ। साथै घरमै आइसोलेसनमा रहेका वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको समुचित फलो अप एव मादण्ड पालनाको निगरानी गर्न समेत भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell