PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

चिसो बढेपछि विद्यालय बन्द गर्दै काभ्रेका स्थानीय तह



पहिलोपोस्ट

चिसो बढेपछि विद्यालय बन्द गर्दै काभ्रेका स्थानीय तह
File Photo

काठमाडौं : जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन्। चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन्।

तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ। विद्यालय आउने बालबालिका चिसोबाट प्रभावित हुने क्रम बढिरहेका र पठनपाठनमा कठिनाई हुँदै गएकाले गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

यस्तै, रोशी गाउँपालिकाले गत शुक्रबारदेखि दश दिनका लागि विद्यालय बन्द गराएको छ। शिक्षा शाखा अधिकृत रामबहादुर तामाङका अनुसार प्रतिकूल मौसमका कारण विद्यालय संचालन गर्न कठिनाइ भएकाले चिसोबाट बालबालिकामा हुने स्वास्थ्य जोखिमबाट बच्न दश दिनका लागि विद्यालयमा पठनपाठन बन्द गराइएको हो।

धुलिखेल नगरपालिकाले पनि गत बिहीबारदेखि आफ्नो क्षेत्रका विद्यालय एक हप्ताका लागि बन्द गराएको छ। गत मंगलवार र बुधवारको वर्षापछि चिसो बढेको भन्दै नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको नगरप्रमुख अशोक ब्याञ्जूले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell