PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भुस्स निदाएरै : जागते रहो...SSS



पहिलोपोस्ट

भुस्स निदाएरै : जागते रहो...SSS

हुनमानढोका दरबार क्षेत्रमा सेनाका दुई गुल्म छन् - थाहा छ नि! नेपाल प्रहरी पनि त्यहीँ छ। २४ सै घण्टा कडा सुरक्षा पनि। त्यसैले सबैभन्दा असुरक्षा पनि त्यहीँ ! बसन्तपुर दरवार क्षेत्रका सम्पदाहरु। नत्र केही दिनअघि हनुमानढोका क्षेत्रमा  नै रहेको शिलालेख किन फुटालिन्थ्यो? फुटाल्नेहरु निस्फ्रिक्री किन रहन्थे? कृष्ण मन्दिर बाहिर रहेको मल्लकालीन शिलालेख किन टुक्राटुक्रा हुन्थ्यो? सेना र प्रहरीको कडा सुरक्षा अनि सीसी क्यामराको निगरानीकै बिच यस्तो कतै हुन्छ भने त्यो नेपालमै हुन्छ। विदेशमा पुर्‍याइएका नेपाली मूर्ति र कलाकृति फिर्ता ल्याउने अभियान चल्दै गर्दा देशमै रहेको कलाकृतिहरुको सुरक्षा कसले गर्ने? जागै रहने चाहिँ को?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell