
काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोभिड १९ परीक्षण गर्दा २१६ जनामा संक्रमण देखिएको छ। ५ हजार ९६२ जनाको आरटी पीसीआर गर्दा २१३ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ५९६ पुगेको छ।
२०९ जना संक्रमण मुक्त हुँदा हाल देशभर कुल ४ हजार ९७१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ८१२ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्।