PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

माओवादी महाधिवेशन : पटकपटक परिवर्तन हुँदै निर्वाचन कार्यतालिका, अब भोलिमात्रै मतदान



पहिलोपोस्ट

माओवादी महाधिवेशन : पटकपटक परिवर्तन हुँदै निर्वाचन कार्यतालिका, अब भोलिमात्रै मतदान

काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि परिवर्तन भएको छ। शनिवार तय भएको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएकोमा आज दुईपटक नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो।

नयाँ कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आज साँझ ६ बजेदेखि ८ बजेसम्म गर्ने भनिएको छ। यसअघिको कार्यतालिकामा मनोनयन पत्र दर्ता दिउँसो ४ बजेदेखि ६ बजेसम्म गर्ने भनिएको थियो। यस्तै, उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन अब राती ८ बजे हुनेछ। ९ बजे उम्मेदवारको विरोधमा उजुरीका लागि समय छुट्याइएको छ। उजुरी उपार छानविन र निर्णय ९:४५ सम्म हुनेछ।

उम्मेदवारको नामावली पुन:प्रकाशन राति १० बजे गर्ने भनिएको छ। उम्मेदवारी फिर्ता लिनका लागि आधा घण्टाको समय छुट्याइएको छ। अन्तिम नामावली राति ११ बजे प्रकाशित गरिनेछ।

आज राति ८ बजेदेखि सोमवार बिहान १:२५ सम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ। मतगणना भने मतदान सम्पन्न भएको एक घण्टापछि नै सुरु गर्ने बताइएको छ।

मतदान भने अब भोलिमात्रै हुने नयाँ निर्वाचन तालिकामा उल्लेख छ। सोमबार बिहान ८ बजे दिउँसो १:२५ सम्म हुने भनिएको छ।

सहमतिका लागि कयौं प्रयास भएपनि सहमति हुन नसक्दा पटकपटक निर्वाचन कार्यतालिका हेरफेर भइरहेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell