PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

मनाङलाई पछि पार्दै मछिन्द्र एएफसी कप छनोटमा, पुलिस फेरि पराजित



पहिलोपोस्ट

मनाङलाई पछि पार्दै मछिन्द्र एएफसी कप छनोटमा, पुलिस फेरि पराजित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्बललाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो।

सुरुबाटै खेलमा हावि भएको मछिन्द्रका लागि खेलको २१ औं मिनेटमा सुनिल बलले विशाल राईको प्रिकिकमा गोल गर्दै अग्रता दिलाए। जारी लिगमा उनको यो पाँचौं गोल हो।

त्यस्तै ४२ औं मिनेटममा सुनिल बलको हेडरबाट निस्किएको बलमा बिसाल राईले गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघ्न चौधरीले बचाए। त्यस्तै चौधरीले नै पहिलो हाफको इन्ज्युरी समयमा सुनिल बलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको कडा प्रहार जोगाएका थिए। पहिलो हाफमा पुलिसले पनि मछिन्द्रको डिफेन्स लाइनलाई ब्यस्त राखे पनि खास सुनौलो अवसर भने बनाउन सकेन।

७४ औं मिनेटमा सुमन लामाले फ्रिकिकमा गरेको प्रहार गोलपोस्टमा ठोक्किँदै बाहिरिएको थियो।

७८ औं मिनेटमा सुजल श्रेष्ठको प्रहार पुलिसका गोलकिपरले रोके।

जितसँगै मछिन्द्र क्लबले एएफसी कपको छनोटमा स्थान बनाएको छ। जितसँगै १७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको मछिन्द्रले एएफसी कप छनोटमा पहिलो पटक सहभागिता जनाउने भएको हो। आजको खेलमा मछिन्द्र बराबरीमा रोकिएको भए या पराजित भएको भए मनाङ मर्स्याङदी क्लबले यो अवसर पाउने थियो।

अर्कोतर्फ पुलिसले भने फेरि अर्को पराजय ब्यहोरेको छ। पछिल्ला पाँच खेलमा जितबिहीन पुलिस ६ अंक जोडेर अंकतालिकाको एघारौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell