PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

भाग्यमानी जोडीः प्रचण्डको तजबिजी निर्णयमा जसले बनाए केन्द्रीय सदस्यमा स्थान



पहिलोपोस्ट

भाग्यमानी जोडीः प्रचण्डको तजबिजी निर्णयमा जसले बनाए केन्द्रीय सदस्यमा स्थान

काठमाडौंः निर्वाचन प्रक्रिया स्थगन गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य तजबिजका आधारममा चयन गरेका छन्। नेकपा (माओवादी केन्द्र) मा यसअघि केन्द्रीय सदस्य रहिसकेका र केही नयाँ समेटेर प्रचण्डले केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए। जसलाई महाधिवेशनको बन्दसत्रले अनुमोदन गर्‍यो।

प्रचण्डले तजबिजी अधिकार प्रयोग गर्दा छोरी रेणु दाहालसहितका पारिवारिक सदस्यले केन्द्रीय सदस्यमा स्थान बनाए।

यस्तै, केही नेताहरुका पति–पत्नीले नै केन्द्रीय सदस्यमा परे। भाग्यमानी नौ जोडी केन्द्रीय सदस्यमा अटाएका छन्।

सार्वजनिक सूची अनुसार देवेन्द्र पौडेल र बलावती शर्मा, कल्पना धमला र देवेन्द्र पराजुली, देवप्रसाद गुरुङ र यशोदा सुवेदी गुरुङ केन्द्रीय कमिटीमा अटाएका छन्।

यस्तै, वर्षमान पुन र ओनसरी घर्ती, रेखा शर्मा र कृष्णध्वज खड्का, लिलामणि पोखरेल र शशी श्रेष्ठ तथा शक्ति बस्तेत र सत्या पहाडीले केन्द्रीय सदस्यमा स्थान बनाएका छन्।

यसैगरी हितमान शाक्य र अमृता थापा, गणेशमान पुन र कमला रोका पनि केन्द्रीय सदस्यमा चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell