PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

बराबरीमा रोकिए चेल्सी र लिभरपुल



पहिलोपोस्ट

बराबरीमा रोकिए चेल्सी र लिभरपुल
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा दुई गोलले पछिपरेको अवस्थाबाट घरेलु टोली चेल्सीले पुनरागमन गर्दा खेल २-२ को बराबरीमा रोकिएको थियो।

खेलको नवौं मिनेटमै साडियो मानको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। त्यस्तै २६ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले अग्रता दोब्बर बनायो।

अर्कोतर्फ चेल्सीका लागि माटेओ कोभासिचले ४२ औं मिनेटमा खाता खोले। लगत्तै पहिलो हाफको इन्ज्युरी समयमा क्रिस्टियन पुलिसिचले गोल थप्दा खेल २-२ को बराबरीमा टुंगियो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न सकेनन्।

चेल्सी र लिभरपुलको बराबरीको प्रत्यक्ष फाइदा शीर्षस्थानको म्यानचेस्टर सिटीलाई पुगेको छ। क्रमश ४३ र ४२ अंक जोडेर चेल्सी र लिभरपुल दोस्रो र तेस्रो स्थानमा रहँदा सिटीको ५३ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell