PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

बार्सिलोनाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

बार्सिलोनाको संघर्षपूर्ण जित
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले मालोर्कामाथि जित निकालेको छ। इबेरोस्टार स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली मालोर्कालाई १-० गोलअन्तरले हराएको हो।

बार्सिलोनाको जितमा निर्णायक गोल लुक डी जोङले गरे। उनले खेलको ४४ औं मिनेटमा ओस्कार मिङगुएजाको पासमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिडले रायो भाल्लेकानोमाथि २-० को जित निकाल्यो। एट्लेटिकोको जितमा दुबै गोल एन्जेल कोरेराले गरेका थिए। अर्को खेलमा लिग लिडर रियल मड्रिड भने गेटाफेसँग १-० गोलअन्तरले पराजित भएको थियो।

जितसँगै एट्लेटिको मड्रिड ३२ अंक जोडेर तालिकाको चौथो स्थानमा छ भने ३१ अंक जोडेको बार्सिलोना तालिकाको पाँचौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell