PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सोसल मिडियामा 'चाइल्ड पोर्नोग्राफी' सेयर गर्ने ८ जना प्रहरी नै परे कारबाहीमा, अरूमाथि पनि अनुसन्धान सुरु



पहिलोपोस्ट

सोसल मिडियामा 'चाइल्ड पोर्नोग्राफी' सेयर गर्ने ८ जना प्रहरी  नै परे कारबाहीमा, अरूमाथि पनि अनुसन्धान सुरु

काठमाडौं : चाइल्ड पोर्नोग्राफी तथा अश्लित फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट तथा शेयर गर्ने प्रहरीमाथि कारबाही सुरु भएको छ।

प्रहरी प्रधान कार्यालय नक्साले यस्ता पोस्ट तथा भिडियो म्यासेन्जर लगायत अन्य सोसल मिडिया ग्रुपमा शेयर गरेको आधारमा कारबाही सुरु गरिएको हो।

'हामीले यस्ता गतिविधि गर्ने प्रहरीमाथि कारबाही तथा अनुसन्धान सुरु गरेको छ। केही प्रहरीलाई कारवाही समेत गरिएको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले भने।

आठजना प्रहरीलाई विभागीय कारबाही गरिएको हो। कारबाही पर्नेहरूमा प्रहरी जवान रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell