
पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा कोभिड १९ संक्रमण देखिएको छ। भारतमा डेल्टा भेरियन्टसँगै ओमोक्रन भेरियन्टको संक्रमण बढेपछि कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको हो।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ७०० केसहरु पुष्टि भइसकेका छन्। सबैभन्दा बढी महाराष्ट्रमा ५१० जनामा ओमोक्रन देखिएको छ। यस्तै दिल्लीमा ३५१ र केरलामा १५६ जनामा ओमोक्रन देखिएको छ। तमिलनाडुमा १२१ र राजस्थानमा १२० जना ओमोक्रन संक्रमित भेटिएका छन्। हालसम्म भारतका २३ राज्यहरुमा ओमोक्रन पुष्टि भइसकेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३ जनाको मृत्यु भएको छ। हालसम्म ४ लाख ८१ हजार ८९३ संक्रमितको भारतमा मृत्यु भइसकेको छ।