PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

अमेजन प्राइममा पुष्कर भट्टको वेब सिरिज आउने



पहिलोपोस्ट

अमेजन प्राइममा पुष्कर भट्टको वेब सिरिज आउने

कलाकार पुष्कर भट्टले निर्देशन गरेको वेब सिरिज 'अमेजन प्राइम' मा रिलिज हुने भएको छ।

उनले नयाँ वर्षको अवसरमा ‘जिल्ला मुरादाबाद’ बोलको गीत सार्वजनिक गरेका थिए। राजनीतिक दाउपेचको कथा उठाइएको त्यही गीतको कथालाई वेब सिरिजमा रुपान्तरण गरिएको हो।  ५ भागको वेब सिरिज भारतीय ओटीटी प्यालटफर्म 'अमेजन प्राइम'मा रिलिज हुनेछ। 

वेब सिरिजको सबै भागको छायाङ्कन क्यानडामा भएको हो। हाल सिरिजको सम्पादन कार्य अन्मित चरणमा पुगेको छ। अमेजनले मन पराएको खण्डमा वेब सिरिजको अन्य भागहरु पनि निर्माण हुने भट्टले बताए।

विभिन्न नेपाली फिल्ममा अभिनय गरेका भट्टले निर्देशनमा 'डेब्यु' गरेका हुन्। भट्ट यसअघि फिल्म ‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली’ र भोजपुरी फिल्ममा भिलेनको भुमिकामा देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell