PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

हिउँ पहिरोमा हराएका गुरुङको शव भेटियो



रासस

हिउँ पहिरोमा हराएका गुरुङको शव भेटियो
प्रतीकात्मक फोटो।

मनाङ : हिउँ पहिरोमा परेर बेपत्ता भएका एक किसान चार दिनपछि मृत अवस्थामा भेटिएका छन्। मनाङको नासों गाउँपालिका – ४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतवार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।

चार दिनदेखि हिउँ पहिरोमा परेर हराइरहेका गुरुङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ।

हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए। उनका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका–४ ओडार गाउँमाथिको फ्लेमरो जङ्गलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो।

गाउँमाथि रहेको भेडीगोठबाट फर्कँने क्रममा १४ गते बुधवार दिउँसोबाट गुरुङ बेपत्ता थिए। हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन्। प्रहरीले बुधवारदेखि नै बेपत्ता गुरुङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो। गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell