PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

सानेपामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : मनोनित सदस्यहरु एक हजार तिर्दै, मनोनय पत्र भर्न लाइन बस्दै



पहिलोपोस्ट

सानेपामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : मनोनित सदस्यहरु एक हजार तिर्दै, मनोनय पत्र भर्न लाइन बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएसँगै पदाधिकारी चयनका लागि आज केन्द्रीय कमिटी बैठक बस्दैछ।

आइतवार ८ औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम घोषणा गरेका थिए। हिजो घोषणा भएको केन्द्रीय कमिटीको बैठक आज ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा बस्दैछ। केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने  कार्यक्रम रहेको छ।

केन्द्रीय कमिटीमा मनोनितहरु अहिले हेरिजेट गार्डेन पुगिरहेका छन्। बैठक हुने हल बाहिर केन्द्रीय सदस्यहरुको सूची राखिएको छ। माओवादीको निर्वाचन आयोगका प्रतिनिधिहरु सूची सहित प्रवेशद्वारमा बसेका छन्। त्यहाँ आएका मनोनित केन्‍द्रीय सदस्यहरुलाई मनोनयन पत्र दर्ता गराउन बेन्चमा फर्महरु राखिएका छन्। निर्वाचन आयोगका प्रतिनिधिहरु एक हजार तिरेर मनोनयन पत्र लिन र फर्म भर्न उनीहरुलाई भनिरहेका छन्। सानेपामा फर्म लिएर मनोनयन पत्र भर्न मनोनित सदस्यहरु प्रस्तावक र समर्थक खोजिरहेका छन्। शिक्षा मन्‍त्री देवेन्द्र पौडेलसँगै नेता दिनानाथ शर्मा पनि लाइन बसेर मनोनयन पत्र भरिरहेका छन्।

२९९ केन्द्रीय सदस्यमध्ये हाल २३६ जनाको नाम फाइनल गरिएको हो। केन्द्रीय सदस्यमा समानुपातिक तर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जना रहेका छन्। २९९ केन्द्रीय सदस्यमा समानुपातिक तर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम हाल घोषणा गरिएको हो।

अब समानुपातिकतर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell