PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम, वाग्मतीमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई अवसर



पहिलोपोस्ट

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नाम, वाग्मतीमा मुख्यसचिव कृष्णप्रसाद पौडेललाई अवसर

काठमाडौं : नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले ६ जना उम्मेदवारको नाम टुङ्ग्याएको हो।  

कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेतलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, वाग्मती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गा पुन र सुदूर पश्चिमबाट नारायण दत्त मिश्र उम्मेदवार हुने भएका छन्।

वाग्मतीबाट राष्ट्रियसभा उम्मेदवारका रुपमा चयन भएका पौडेल कांग्रेसका मुख्य सचिव हुन्। उनी महाधिवेशन प्रतिनिधिमा काठमाडौं क्षेत्र नम्बर ७ बाट पराजित भएका थिए।

राष्ट्रिय सभाको ४ वर्षे अवधि अन्तर्गत २० जनाको पद खाली हुँदैछ। त्यसका लागि मंगलवार मनोनयनको समय तोकिएको छ।

२० मध्ये एमालेको ८, कांग्रेसको ३, माओवादी र एकीकृत समाजवादीको ४/४ र एक जना मनोनितको समय सकिँदै छ।

आज बसेको सत्तारुढ गठबन्धन बैठकमा भएको सहमति अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५ सिटका लागि उम्मेद्वारी दिनेछन्। त्यस्तै, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ ठाउँमा उम्मेद्वारी दिने सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell