PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एकैदिन ३ लाख ४४ हजार बढीले लगाए खोप, थपिए ३२६ जना कोरोना संक्रमित



पहिलोपोस्ट

एकैदिन ३ लाख ४४ हजार बढीले लगाए खोप, थपिए ३२६ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ४४ हजार ४४ जनाले खोप लगाएका हुन्।

यस्तै, १२ हजार ४९८ जनाको परीक्षण गर्दा ३२६ जनामा संक्रमण देखिएको छ। २५५ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको छ।

संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। हाल सम्म संक्रमणका कारण देशभर ११ हजार ५९८ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell