
काठमाडौं: अफ्रिकी राष्ट्र मोरिसससँग मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। जनवरी २९ र फेब्रुअरी १ मा हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले विमल घर्ती मगरलगायत ३४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन्। नेपालले पछिल्लो खेल साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग खेलेको थियो।
मरिसस फिफा वरीयतामा १७२ औं स्थानमा छ। नेपाल फीफा वरीयतामा १६९ औं स्थानमा छ।
यी हुन प्रारम्भिक छनोटमा परेका खेलाडी
विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बु, शत्रुघन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन बिस्ट, एरिक बिस्ट, बिमल घर्ती मगर, बिशाला राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेम्जन, दिनेश राजबंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिश रत्न छुन्जु, मनिष डाँगी, नविन गुरुङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी
कुन क्लबबाट कति जना?
जारी शहीद स्मारक लिगबाट राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा सबैभन्दा धेरै मछिन्द्र क्लबका खेलाडी परेका छन्।
मछिन्द्र क्लब ७ जना
त्रिभुवन आर्मी फुटबल क्लब ४
मनाङ मर्स्याङदी ४
हिमालयन शेर्पा २
नेपाल पुलिस क्लब ३
जावलाखेल युथ क्लब २
एपीएफ १
थ्री स्टार २
न्युरोड टिम ४
संकटा क्लब १
सातदोबाटो युथ क्लब ३
विदेशी क्लबमा आबद्ध १