PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो देखियो प्रचण्डसहित केन्द्रीय समिति सदस्यले सपथ लिँदाको दृश्य

यस्तो देखियो प्रचण्डसहित केन्द्रीय समिति सदस्यले सपथ लिँदाको दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट मनोनित केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन्।

ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा २ सय ३६ जना सदस्यहरुले सपथ लिएका हुन्। गार्डेनमै बस्ने बैठकले पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीलाई आवश्यकता अनुसार पदाधिकारीको संख्या निर्धारण गर्ने अधिकारसमेत दिइएको छ।

केन्द्रीय समितिको ब्यानर अघि उभिएर निर्वाचन आयोगका पदाधिकारीबाट पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताले सपथ लिएका हुन्।

आइतवार ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ सय ९९ केन्द्रीय सदस्यमध्ये २ सय ३६ जनाको नाम घोषणा गरेका थिए।

२ सय ९९ केन्द्रीय सदस्यमध्ये हाल २ सय ३६ जनाको नाम फाइनल गरिएको हो। केन्द्रीय सदस्यमा समानुपातिक तर्फ १ सय २५ र खुलातर्फ १ सय ११ गरी २ सय ३६ जना छन्। २ सय ९९ केन्द्रीय सदस्यमा समानुपातिक तर्फका १ सय ५४ मध्ये १ सय २५ र खुलातर्फको १ सय ४५ मध्ये १ सय ११ जनाको नाम हाल घोषणा गरिएको हो।

अब समानुपातिक तर्फ २९ जना र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छन्।



ट्रेन्डिङ पोस्ट

Ncell